संगीत प्रतियोगिता हुने, जित्नेले ५० हजार र गीत रेकर्ड गर्न पाउन

काठमाडौं । प्रसाईसन इन्टरटेनमेन्टले संगीत प्रतियोगिता गर्ने भएको छ ।

क्षमता भएर पनि अवसरबाट बञ्चित भएका प्रतिभाहरूको लागि संगीत प्रतियोगिताको आयोजना गरिएको प्रेस नोटमा उल्लेख छ ।

प्रवन्ध निर्देशक एवम् गीतकार चन्द्र प्रसाइँको शब्द, रचनामा ‘जीवनले रुझायोझ…’ बोलको गीतमा संगीत प्रतियोगिताको आह्वान गरिएको छ ।

२०७९ वैशाख १५ गतेसम्म संगीतकारले आफैँ गाएको भिडियो पठाउनुपर्ने नियम उल्लेख छ । आयोजक संस्थाको ईमेल [email protected] मा एमपी फोर भर्सनमा पठाउनुपर्ने छ ।

प्रथम हुने संगीतकारलाई पचास हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । पुरस्कार पाउने गीत रेकर्डिङ गरी सार्वजनिक गरिनेछ ।

संगीत प्रतियोगिताको निर्णायकमण्डलमा संगीतकार सन्तोष श्रेष्ठ, गायक आनन्द कार्की र गायिका प्राश्ना शाक्य रहेका छन् ।

संगीत प्रतियोगताका लागि राखिएको गीतको शब्द

म आफैँ रूझेँ कि जीवनले रुझायो
आँखाको आँसुले मुटु नै भिजायो

यो माया भन्नु नै रहेछ विचित्र
धेरै छन् गुनासा सम्बन्ध भित्र
चर्केर माया सिसाझैँ बिझायो
आँखाको आँसुले मुटु नै भिजायो

छ पीडा मनमा असह्य दुख्छ
दुख्छ धेरै दुख्छ खै किन दुख्छ
दुखेको मनले विरह सुनायो
आँखाको आँसुले मुटु नै भिजायो

Published : Saturday, 2022 March 26, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया