अमर वलीको निर्देशनमा ‘नजाउ छोडी’को छायाँकन शुरु

काठमाडौं । निर्देशक अमर वलीको निर्देशनमा चलचित्र ‘नजाउ छोडी’को छायाँकन शुरु भएको छ ।
ए.डी. पिचार्स प्रालिको प्रस्तुति रहेको ‘नजाउ छोडी’को शनिबारदेखि चितवनको भरतपुरमा छायाँकन शुरु भएको छ ।
‘धर्तीपुत्र’सहितका चलचित्र निर्देशन गरेका वलीले कोरोना महामारीपछि चलचित्रको निर्देशन गर्न लागेका हुन् । उनले करीव दुई सय म्युजिक भिडियोमा पनि निर्देशन गरेका छन् ।
‘नजाउ छोडी’को कथा प्रेममा आधारित रहेको निर्देशक वलीले बताएका छन् ।
चलचित्रका निर्माता लीला डाँगी, प्रस्तुतकर्ता राज बर्मा, सह–निर्देशक दीप्तप्रकाश अधिकारी, छायाँकार शिवशरण न्यौपाने, श्रीङ्गार गीतञ्जलि योगी, द्वन्द्व निर्देशक कुमार महर्जनको रहेको छ ।
चलचित्रका संगीतकार सन्तोष श्रेष्ठ हुन् । गीतमा स्वरर विजय परियारले दिएका छन् ।
चलचित्रमा तिलबहादुर कार्की, सिद्धान्त बोहरा, प्रवीन एनबि, रुपाक बुढाथोकी, सनिया खान, प्रेम खड्का, प्रितिमा शर्मा, बलु राना, दिनेश पाठक, लोकबहादुर रसाइली आदिको अभिनय रहनेछ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया