ईच्छा विपरित यौनसम्पर्क राखेपछि सीआईबीद्वारा आचार्यलाई पक्राउ, खड्केको केश अर्कै

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अर्जुन आचार्य भन्ने चुडामणि आचार्यलाई पक्राउ गरेको छ ।

बिहीबार सीआईबीको टोलीले ३६ वर्षीय आचार्यलाई सुनसरीको ईनरुवाबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । सुनसरी जिल्लाको बराह नगरपालिका– १० का आचार्यलाई ईच्छा विपरित जबरजस्ती करणी गरेको कसूरमा उच्च अदालत पाटनले ७ वर्ष कैद सजाय ठहर गरेको थियो । कैद सजाय भएपछि आचार्य फरार रहेका थिए ।

आचार्यले २०७५ साल भदौ १४ गते काठमाडौं– १८ ताम्सीपाखाकी महिलालाई विवाह गर्ने भनि अनुचित प्रभाव र डर त्रास देखाई ईच्छा विपरित जबरजस्ती करणी गरेको अभियोगमा पाटन अदालतले २०७७ माघ २६ गतेको फैसलाबाट ७ वर्ष कैद ठहर गरेको थियो ।

यसैबीच, सीआईबीले बैंकिङ कसूरमा ३८ वर्षीय रगुन खड्केलाई बुधबार पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उप–महानगरपालिका– ३ घर भई हाल काठमाडौं–१७ क्षेत्रपाटी बस्दै आएका खड्केलाई सीआईबीले भीमसेनगोलाबाट पक्राउ गरेको थियो ।

खड्केले महालक्ष्मी विकास बैंक लिमिटेडको चेक दिएका थिए । पीडितले चेक नसाटिएपछि खड्केविरुद्ध उजुरी दिएका थिए ।

उच्च अदालत पाटनले २०७७ साल फागुन ९ गते खड्केलाई छत्तीस लाख रुपियाँ जरिवाना र ७ दिन कैद ठहरको फैसला गरेको थियो ।

अदालतको फैसलापछि फरार रहेका खड्केलाई बुधबार पक्राउ गरी अदालतमा पेश गरिएको छ ।

Published : Thursday, 2022 March 24, 5:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया