कुन–कुन खेलाडीले पाए सम्मान र पुरस्कार ?

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको दशक अवार्डबाट पारस खड्का र सावित्रा भण्डारी सम्मानित भएका छन् ।

मंगलबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा खड्का र भण्डारीलाई सो सम्मान दिइएको हो । प्रशिक्षक अवार्डबाट क्रिकेटका जगत टमाटा सम्मानित भएका छन् ।

पिपल्स च्वाईस अवार्ड टेबलटेनिसकी एलिना महर्जनले जितेकी छिन् । फुटबलकी एञ्जिला तुम्बापो सुब्बा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेलले दशक महिला र दशक प्रशिक्षक र पिपल्स च्वाइस अवार्डबाट सम्मानित बनेका छन् । चार जनाले ट्रफीसहित बजाज पल्सर मोटरसाइकल प्राप्त गरेका छन् ।

गोल्डेन स्यायुट अवार्डबाट शरदचन्द्र शाहलाई सम्मान गरिएको छ ।

एसियन स्पोर्टस जर्नलिस्ट अवार्डबाट कुवेतका सद्दाम अल खाली सम्मानित भएका छन् । उनको सम्मान एआईपीएस एसियाका महासचिव अमजद अजिज मलिकले ग्रहण गरेका छन् ।

स्पेसल अवार्ड खेलकुद क्षेत्रमा लामो समय चिकित्सकीय सेवा गरेका अजय राणा र पर्फमर अफ दी इयरबाट एथलेटिक्सकी पुष्पा भण्डारी पाएका छन् ।

पारा एथलिट अवार्डबाट बास्केटबल, पावर लिफ्टिडकी सरिता थुलुङ सम्मानित हुँदा टिम अफ दी ईयरबाट थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष) सम्मानित बनेका छन् ।

विधागततर्फका विजेताले ट्रफीसहित जनही ५० हजार रुपियाँ प्राप्त गरेका छन् ।

Published : Tuesday, 2022 March 22, 8:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया