सीआईबीद्वारा हेटौँडाका राजेन्द्रलाई काठमाडौंमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ४२ वर्षीय राजेन्द्र विश्वकर्मालाई पक्राउ गरेको छ ।

सीआईबीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौंको टोखा नगरपालिका–१ भत्केकोपुल बस्दै आएका विश्वकर्मालाई टोखाबाटै शुक्रबार पक्राउ गरेको जनाएको छ ।

विश्वकर्माको स्थायी ठेगाना मकवानपुरको हेटौंडा उप–महानगरपालिका–७ मा पर्छ ।

उच्च अदालत पाटनको २०७८ फागुन १० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २० लाख रुपियाँ जरिवाना र ५ दिन कैद सजाय ठहर गरेको थियो । त्यसपछि विश्वकर्मा फरार रहेका थिए ।

विश्वकर्माले बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको मेघा बैंक लिमिटेड गोंगबु शाखाको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले कैद र सजायको फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2022 March 18, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया