काठमाडौंकी २८ वर्षीया युवती गोरखामा पक्राउ

गोरखा । गोरखा जिल्लामा दोहोरो नागरिकता लिएको आरोपमा २८ वर्षीया पूजा ढकाल पक्राउ परेकी छिन् ।

प्रहरीले ढकाललाई गोरखामा पक्राउ गरेको जनाएको छ । पोखरा महानगरपालिका–६ बैदाम माइती भई हाल काठमाडौंको कोटेश्वर बस्दै आएकी ढकाललाई दोहोरो नागरिक्ता दिएको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ढकालले २०६७ सालको मंसिर ८ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलो नागरिकता लिएकी थिइन् ।

उनले २०६७ मंसिर २८ गते पुनः जिल्ला प्रशासन कार्यालय गोरखाबाट अर्को नागरिकता लिएको भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिएका छन् ।

‘गोरखामा गाइने सार्कीलाई बुवा बनाएर पूजा गैरेको नामबाट अर्काे नागरिकता निकालेको अनुसन्धानका क्रममा खुल्न आएको छ’, निरीक्षक अधिकारीले भनेका छन् ।

दोहोरो नागरिकतासम्बन्धी कसूरमा अनुसन्धानका लागि उनलाई हिरासतमा राख्न अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

Published : Thursday, 2022 March 17, 9:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया