सीआईबीद्वारा राधा भक्तपुरबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ४१ वर्षीय राधा माताङ्गीलाई पक्राउ गरेको छ ।

सीआईबीको टोलीले राधालाई सोमबार भक्तपुरको सूर्यविनायकबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

राधा बैंकिङ कसूर मुद्दामा फरार थिइन् । उनी ललितपुर महानगरपालिका–६ घर भई हाल भक्तपुर कमलविनायक बस्दै आएकी थिइन् ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले गत पुस २० गतेको फैसलाले ५ दिन कैद र १९ लाख रुपियाँ जरिवाना ठहर गरेको थियो ।

राधाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी सानिमा बैंक लिमिटेडमा रहेको सानिमा नारी वचत खाताबाट रकम भुक्तान हुने भनी चेक दिएकी थिइन् ।

चेकको भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले राधालाई कैद र जरिवाना फैसला गरेको थियो ।

राधालाई फैसला कार्यान्वयनको लागि सीआईबीले जिल्ला अदालत ललितपुरमा पेश गरेको छ ।

Published : Monday, 2022 March 14, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया