गण्डकी प्रदेश तेक्वान्दोमा कास्कीलाई ११ गोल्ड, २५ खेलाडी छनोट

पोखरा । गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता ११ गोल्ड मेडलसहित कास्की जिल्ला प्रथम भएको छ ।

४ गोल्ड मेडलसहित म्याग्दी दोश्रो र ४ गोल्ड मेडलसहित पर्वत तेस्रो भएको हो ।

पोखरामा शुक्रबार सम्पन प्रतियोगितामा कास्कीले थप ११ सिल्भर र म्याग्दीले ५ र पर्वतले ३ मेडल पाएका थिए ।

पुरुष र महिलातर्फको गरी कुल २६ खेलमा १ सय १३ जना खेलाडी रहभागी रहेका थिए । जसमा गोल्ड मेडल ल्याउने २५ जना खेलाडी राष्ट्रिय खेलका लागि छनोटमा परेका छन् ।

छनोटमा पर्नेहरूमा कास्कीका सिनियर पुरुष ५४ केजी समूहतर्फ मन्दीप सुनार, ५८ केजीमा पर्वतका सुरज कँडेल र ६३ केजीमा पर्वतकै प्रकाश माझी रहेका छन् । ६८ केजीमा कास्कीका हेमन गुरुङ छन् ।

७४ केजी समूहतर्फ म्याग्दीका कृपेश शर्मा र ८० केजी समूहमा कास्की सकिल लामगादे र ८७ केजीमा निरज नेपाली र ८७ केजीमा पर्वतका सुजन रोक्का रहेका छन् ।

पुरुष जुनियरतर्फ ४८ केजी समूहमा म्याग्दीका दीपेश पुर्जा, ५५केजी समूहमा कास्कीका सुजन गुरुङ, ६३ केजी समूहमा तनहुँका राजन परियार छन् । नवलपुरका मनीष महततो र नवलपुरकै सुरेश जेडी मगर ७८ केजी समूहमा विजयी भएका छन् ।

महिला सिनियरतर्फ ४६ केजी समूहमा म्याग्दीका इशा गर्बुजा, ४९ केजीमा कास्कीका सरिता बयलकोटी, ५३ केजी समूहमा मनालिसा मल्ल, ५७ केजीमा अञ्जना परियार, ६२ केजी समूहमा पार्वती श्रेष्ठ, ६७ केजी समूहमा पर्वतका स्मृति नेपाली र ७३ केजीमा म्याग्दीकी ममता गर्वुजा रहेका छन् ।

महिला जुनियरतर्फको ४४ केजीमुुनि गोरर्खाकी आकृति क्षेष्ठ, ४९ केजीमा कास्कीकै अनीषा परियार ५५ केजी र सदीक्षा सुनार ६३ केजीमा छनोट भएका छन् । बाग्लुङकै बुद्ध गुरुङ, ५५ केजी र ६८ केजीमा ग्रिन गुरुङ छनोट भएका छन् ।

विजयी खेलाडीलाई गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले ट्रफी वितरण गरेका थिए । कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य राम गिरीको पनि उपस्थिति रहेको थियो ।

Published : Friday, 2022 March 11, 10:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया