भक्तपुरको बागरेमा महिलाको हत्या

भक्तपुर । भक्तपुर जिल्लाको बागरेमा महिलाको हत्या गरिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

चाँगुनारायण नगरपालिका–७ स्थित बागरेमा महिलाको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिएका छन् ।

अन्दाजी ३५–४० वर्षकी महिला हत्या गरिएको अवस्थामा भेटिएकी छिन् । उनको पहिचान खुलेको छैन ।

बागरेस्थित खेतमा बनाएको टिनको टहरोमा महिला मृत अवस्थामा भेटिएकी हुन् ।

मृतकको घाँटीको अगाडिको भागमा हतियारको गहिरो चोट छ । शवलाई पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ ।

Published : Tuesday, 2022 March 8, 9:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया