नेपाल लुट्ने हर्कत गर्दै आइरहेका यी धुन्धुकारीलाई करोडौं रुपियाँसहित पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा दुई जना हुण्डी कारोबारीलाई नगद डेढ करोड रुपियाँसहित पक्राउ गरेको छ ।

ताहचलबाट हुण्डी कारोबारमा संलग्न २ जनालाई डेढ करोड रूपियाँसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा काठमाडौंको टङ्केश्वरी ठेगाना भई कीर्तिपुर नगरपालिका–३ बस्ने २४ वर्षीय बिक्की खड्गी र काठमाडौं महानगरपालिका– १३ ताहचल बस्ने भारतको पश्चिम बङ्गाल, दार्जलिङ, सिलिगुरी ठेगाना भएका ३२ वर्षीय अमितकुमार अग्रवाल रहेका छन् ।

ताहचल डेरा गरी काठमाडौंको मख्खनमा विमला इन्टरनेशनल प्रालि सञ्चालन गरी नक्कली गर–गहनाको होलसेल कारोबार गरी बस्ने अग्रवाल समेतका व्यक्तिहरूले राजस्व छली गैरकानूनी रूपमा हुण्डीमार्फत वित्तीय कारोबार गर्दै आइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले अग्रवाल बस्ने घरको गेट अगाडि बिकी खड्गीलाई फेला पारी सोधपुछ गरेको थियो ।


खड्गीले कालीमाटीस्थित जीवनदृष्टि बहुउद्धेश्यीय सहकारी संस्थाबाट ५० लाख रूपियाँ ल्याई अग्रवालको कोठामा पु¥याइ दिएको बताएका थिए ।

अग्रवालको डेरा तलासी गर्दा नेपाली नगद १ करोड ५० लाख फेला परेको थियो ।

उनीहरूबाट विभिन्न चेक, भौचर प्याड, कारोबार सम्बन्धी विभिन्न कागजातहरू, २ थान ल्यापटप र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहरभवन ललितपुर पठाइएको छ ।

Published : Monday, 2022 March 7, 8:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया