धादिङका थापा काठमाडौंको डिल्लीबजारमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३४ वर्षीय सुदीप थापालाई पक्राउ गरेको छ ।

सीआईबीको टोलीले थापालाई सोमबार काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थायी ठेगाना भई काठमाडौंको टोखा नगरपालिका– ७ मा बस्दै आएका थापाले प्राइम कमर्शीयल बैंक लिमिटेड, बागबजारको खातामा पैसा नभएको चेक दिएका थिए ।

बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले २०७८ मंसिर १२ गते थापालाई बैंकिङ कसूरमा बीस लाख रुपियाँ जरिवाना र ४ दिन कैद सजाय फैसला गरेको थियो ।

त्यसपछि थापा फरार भएका थिए । सीआईबीले थापालाई पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।

Published : Monday, 2022 March 7, 3:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया