एक वर्षसम्म अबैध सम्बन्ध, अर्काकी पत्नीलाई लगेर हत्या, विदेशमा रहेका पतिलाई तनाब

ईटहरी । सुनसरी जिल्लामा महिलाको हत्या गरेर भागेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

ईटहरी उप–महानगरपालिका–५ तुलसा टोला डेरा गरी बस्ने पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ सरङडाँडा घर भएकी ३९ वर्षीया सुमित्रा तामाङको हत्या गरेको अभियोगमा ईटहरी उप–महानगरपालिका–५ डेरा गरी बस्ने धनकुटाको पाख्रीबास नगरपालिका–६ फलाटे स्थायी ठेगाना भएका जीवन भन्ने २४ वर्षीय विनेश रानालाई शनिबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

धरान उप–महानगरपालिका–१८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड लजको कोठामा खाटमाथि ओढ्ने ओढाई सुताएको अवस्थामा फागुन १७ गते बिहान महिलाको शव फेला परेको थियो ।

प्रहरीले अनुसन्धानको क्रममा मृतक सुमित्रा तामाङ भएको खुल्न आएको थियो ।

थप अनुसन्धानको क्रममा उक्त घटनामा विनेशको संलग्नता भएको खुल्न आएपछि धनकुटाको पाख्रीबास नगरपालिका–११ स्थित ससुराली घरबाट मृतकको मोबाइलसहित विनेशलाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

श्रीमान विदेश रहेको बेला विगत १ वर्षदेखि सुमित्रासँग प्रेमसम्बन्ध रहेकोले उनीहरूका बीच पटक–पटक भेटघाट हुने गरेको थियो ।

आपसी सल्लाहअनुसार फागुन १५ गते बिहान उनीहरू उक्त होटलमा बसेका थिए ।

फागुन १६ गते बेलुकी सुमित्राले अन्य पुरुषसँग मोवाइलमा कुरा गरेको विषयमा विवाद हुँदा विनेशले कुटपिट गरेका थिए ।

विवाद झन् बढ्दै जाँदा घाँटी थिचेर सुमित्राको हत्या गरी नगद ५ हजार रुपियाँ र मोबाइल समेत लिई विनेश फरार भएका थिए ।

विनेश उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।

Published : Sunday, 2022 March 6, 11:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया