खेलाडी बाँच्न सक्ने अवस्था नहुँदासम्म खेलकुदको विकास हुँदैन : कांग्रेस नेता बस्नेत

भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले राजनीतिक नेतृत्वले खेलकुदलाई महत्व दिन नसकेको स्वीकार गरेका छन् ।

रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका–४ मा शनिबार आयोजित फुटबल प्रयोगिताको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले राजनीतिक नेतृत्वले खेलकुदको विकासमा ध्यान दिनुपर्ने बताए । उनले जुनसुकै सरकार आए पनि खेलकुदलाई महत्व नदिएको बताए ।

नेता बस्नेतले खेलकुदको व्यवसायीकरण नहुँदासम्म र खेलाडी बाँच्न सक्ने अवस्था नहुँदासम्म खेलकुदको विकास हुन नसक्ने बताए ।

खेलकुदलाई स्थानीय तहसम्म राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने नेता बस्नेतले बताएका छन् ।

हिमालयन सामुदायिक विकास केन्द्र आयोजक र लोकतान्त्रिक खेलकुद संघले फुटबल प्रतियोगिता गरेको थियो ।

प्रतियोगिताको फाइनल खेलमा कपिलवस्तु– ११ ले २ गोलसहित उपाधि जितेको छ ।

रुपन्देही डिएमसी तुलसीपुरले १ गोलसहित दोस्रो स्थान प्राप्त गरेको छ ।

कार्यक्रममा एन्फाका केन्द्रीय सदस्य एवम् ओलम्पिक कमिटीका सदस्य गिरिजाबहादुर केसी ‘कुमार’, लोकतान्त्रिक खेलकुद संघका अमर पुनलगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2022 March 6, 1:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया