शेर्पाद्वारा एपीएफलाई ए.एफ.सी. क्लवको लाईसेन्स प्रदान

काठमाडौं । नेपाल एपीएफ क्लवको फुटबल टिमले ए.एफ.सी क्लव लाईसेन्स प्राप्त गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा शुक्रबार अयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई अखिल नेपाल फुटवल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

अवसरमा महानिरीक्षक खनालले एन्फा अध्यक्ष शेर्पालाई सशस्त्र प्रहरी बल नेपालको तर्फबाट कदरपत्र प्रदान गरेका छन् ।

एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले सशस्त्र प्रहरी बल नेपालले नेपाल एपीएफ क्लव मार्फत राष्ट्रको खेलकुदको विकास, राष्ट्रिय खेलाडी उत्पादन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भई प्राप्त गरेको उपलब्धिको प्रशंसा गरे ।

क्लवले ए.एफ.सी क्लव लाईसेन्स प्राप्तिसँगै भविष्यमा खेलकुद क्षेत्रमा अझै बढि योगदान पु¥याउने विश्वासकासाथ खेलकुदको विकास विस्तारमा निरन्तर सहकार्य गर्दै अघि बढ्ने बताए ।

Published : Saturday, 2022 March 5, 5:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया