काठमाडौंमा कौडा खेलिरहेका १३ जना पक्राउ, चार लाख बरामद

काठमाडौं । काठमाडौंमा प्रहरीले छापा मारेर कौडा खेल्ने १३ जनालाई नगदसहित पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ रामहिटीस्थित प्रेमबहादुर भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा प्रेमबहादुर समेत १३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

घरको तेस्रो तलामा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधामा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९७ हजार रुपियाँ र १९ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।

Published : Friday, 2022 March 4, 1:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया