ललितपुरमा ठूलो जुवाको अड्डामा छापा, २५ जना ४ लाखसहित पक्राउ

काठमाडौं । ललितपुरमा प्रहरीले २५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

मंगलबार बेलुका ललितपुरको महालक्ष्मी नगरपालिका– ४ ओचुहाइटस्थित विनोदकुमार श्रेष्ठले संचालन गरेको ओचु ब्याडमिण्टन क्लवको घरमा छापामारेर जुवाडेहरूलाई चार लाखभन्दा धेरै रकमसहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा रामेछापको उमाकुण्ड गाउँपालिका–३ घरभई महालक्ष्मी नगरपालिका–४ ओचो बस्ने ५२ वर्षीय युवराज बस्नेत, धापाखेलका ४२ वर्षीय आशिस परियार, ओचोका ६३ वर्षीय विनोद केसी, पर्साको ठोरी गाउँपालिका–४ घर भई ओचो बस्ने ४३ वर्षीयको पञ्चबहादुर कालिकोटे, ओचोका ३६ वर्षीय दीपेश केसी, भोजपुरको भोजपुर नगरपालिका–११ घर भई ललितपुरको ओचो बस्ने ४२ वर्षीय को सुजन उदास, ओचोका ४८ वर्षीय विनोदकुमार श्रेष्ठ, ओचोका ४८ वर्षीय राधेश्याम श्रेष्ठ, मकावनपुर घर भई ललितपुरको ओचो बस्ने ३२ वर्षीय लीलाबहादुर मगर र काभ्रेपलान्चोकको धुलिखेल– ९ घर भई ललितपुरको ओचो बस्ने ४७ वर्षीय हेमलाल खड्गी पक्राउ गरेका छन् ।

रामेछाप घर भई हाल ललितपुरको ओचो बस्ने ३५ वर्षीय निरोज तामाङ, काभ्रेपलान्चोकको भिम्लु– ८ घर भई ललितपुरको ओचो बस्ने ३९ वर्षीय राजकुमार रिजाल, महालक्ष्मी–८ बस्ने ४० वर्षीय हरिबहादुर खड्का, संखुवासभा घर भई हाल ओचो बस्ने ३२ वर्षीय साजन राई, ओचोका ४८ वर्षीय विन्देश खड्का, रामेछाप घर भई हाल ओचो बस्ने ३३ वर्षीय बिक्रमकुमार बस्नेत, सिन्धुपाल्चोक घरभई हाल ललितपुर बस्ने ३६ वर्षीय कुलबहादुर तामाङ, रौतहट घर भई हाल ग्वार्को बस्ने ३९ वर्षीय शत्रुधन खाँलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरको महालक्ष्मी–२ बस्ने ५३ वर्षीय खडानन्द तिमिल्सिना, सिन्धुपाल्चोक घर भई हाल लुभु बस्ने ३१ वर्षीय वीरु बोहरा, सिन्धुली घर भई हाल महालक्ष्मी– १ बस्ने ४८ वर्षीय केदार नेपाल, गोदावरी–११ बस्ने वर्षीय ३० सागर महर्जन, महालक्ष्मी– ४ ईमाडोल बस्ने २७ वर्षीय आशुतोष केसी, महालक्ष्मी– ४ ईमाडोल बस्ने ३० वर्षीय दिनेश खत्री, मोरङ घर भई हाल महालक्ष्मी– १ बस्ने ५२ वर्षीय मनोजकुमार दाहाललाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले जुवाको खालबाट नगद ४ लाख २९ हजार ५ सय ९० रुपियाँ बरामद गरेको जनाएको छ । तास–३० बुक पनि बरामद भएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2022 March 2, 11:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया