महोत्तरीमा प्रहरीद्वारा गाँजा खेती नष्ट

महोत्तरी । महोत्तरी जिल्लामा प्रहरीले गाँजा खेती नष्ट गरिदिएको छ ।

एकडारा गाउँपालिका– ३ अजमरपट्टीमा लगाइएको गाँजाको अबैध खेतीलाई नष्ट गरिदिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गंगा मण्डल, चेतन मण्डल, श्यामसुन्दर मण्डल, दिनेश मण्डल, नागेन्द्र मण्डल र गणेश मण्डलले आफ्नै खेतमा अबैध रुपमा गाँजा खेती गरेका थिए ।

प्रहरी चौकी नैन्हीबाट खटिएको ११ जनाको संयुक्त प्रहरी टोलीले ८ कठ्ठा बराबरको खेतमा लगाइएको चार हजार एक सय गाँजाको बोट फडानी गरी नष्ट गरेको थियो ।

Published : Wednesday, 2022 March 2, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया