फिफा र यूईएफएको निर्णयले रुसलाई झड्का

लण्डन । फिफा र यूईएफएले रुसलाई फुटबलमा प्रतिबन्ध लगाएको छ ।

फुटबलका दुवै निकायले सूचना जारी गरेर रुसलाई तत्कालका लागि सबैखाले खेलमा प्रतिबन्ध लगाएको जनाएका छन् ।

रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउदै फिफा र यूईएफएले रुसमाथि प्रतिबन्ध गरेको छ ।

फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई समेत सबैखाले प्रतियोगितामा प्रतिबन्ध गरेको छ ।

प्रतिबन्धसँगै रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोटअन्तर्गतको प्ले अफ खेल खेल्न पाउनेछैन ।

रुसी क्लब मस्को युरोपा लिगबाट बाहिरिएको छ ।

Published : Tuesday, 2022 March 1, 12:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया