पल शाह आज आफै प्रहरीमा उपस्थित हुँदै

काठमाडौं । नायक पूर्णबिक्रम शाह ‘पल’ले आफू प्रहरी समक्ष आफै उपस्थित हुने जनाएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले प्रहरीमा उपस्थित हुने जनाएका हुन् ।

‘नमस्कार सबैमा, मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’, उनले भनेका छन् ।

‘नेपालको कानूनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरीसामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु । धन्यबाद’, शाहले भनेका छन् ।

एक जना गायिकाले आफू बलात्कारमा परेको भनेर तनहुँ प्रहरीमा जाहेरी दिएकी छिन् ।

Published : Sunday, 2022 February 27, 11:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया