पल शाह अभिनित फिल्मका निर्देशकलाई प्रहरीले छोप्यो

काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।

‘म यस्तो गीत गाउँछु २’मा नायक पल शाहले अभिनय गरेका छन् ।

निर्देशक थापासँग केही कुराहरू सोधपुछ गर्नुपर्ने भएकाले सोधपुछ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए । ‘सुदर्शन थापालाई प्रहरीले नियन्त्रणमा लिएकै छैन’, उनले भने, ‘उहाँसँग केही कुराहरू सोध्नुपर्ने भएका कारण सोधपुछ गरिएको मात्रै हो ।’

थापालाई नयाँबानेश्वरको कात्यायनीस्थित प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा

टेलिभिजन परिसरबाट प्रहरीले नियन्त्रणमा लिएको ऋषि धमलाले जानकारी दिएका छन् ।

Published : Saturday, 2022 February 26, 6:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया