‘वलिमै’ले ‘पुष्पा’लाई धेरै पछाडि छाड्यो

मुम्बई । अजित र हुमा कुरेशी अभिनित ‘वलिमै’ले भारु ६२.३६ करोडको ओपनिङ गरेको छ ।

तेलुगु सुपरस्टार अजित अभिनित ‘वलिमै’ले ‘पुष्पा’लाई पनि पछाडि पारेको छ । फिल्मलाई दर्शक र समीक्षकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । एक्सन फिल्म ‘वलिमै’मा अपराधको घटनामा कथा रहेको छ ।

अजितको ‘वलिमै’ले बक्स अफिसमा सबै रेकर्ड ब्रेक गरेको छ । तमिलनाडुमा मात्र पहिलो दिन ‘वलिमै’ले भारु ३६ करोड रुपियाँ प्राप्त गरेको छ ।

चेन्नईमा १.८४ करोड रुपियाँको ओपनिङ गरेको छ । चेन्नईमा पहिलो दिनमै यति धेरै आम्दानी गरेको अजितको यो पहिलो चलचित्र हो ।

अल्लू अर्जुनको ‘पुष्पाः द राइज स्टार’ ले ५२.५० करोड रुपियाँको ओपनिङ गर्दै वर्षको सबैभन्दा सफल चलचित्र बनेको थियो । फिल्म र अजित कुमारलाई लिएर फ्यानहरूको क्रेज देख्न पाइएको छ ।

दक्षिण भारतका कयौँ सहरको सिनेमाघरको बाहिर सडकमा जाम लागेको छ । फ्यानहरूले अजितको पोस्टरलाई दूधले नुहाएको भिडियो पनि बाहिर आएको छ ।

अजितको ‘वलिमै’को थिएटट्रिकल राइट्स कूल ९६ करोड भारतीय रुपियाँमा बिक्री भएको छ ।

चलचित्रले स्याटेलाइट, डिजिटल प्ल्याटफर्म र संगीतको अधिकारबाट ६० करोड भारतीय रुपियाँमा बिक्री गरेको छ ।

‘वलिमै’ एच.विनोदको निर्देशनमा बनेको हो । फिल्ममा अजित र हुमाबाहेक कार्तिकेय, योगी बाबू, सुमित्रा र पुगाजको मुख्य भूमिका रहेको छ ।

Published : Saturday, 2022 February 26, 10:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया