तनहुँ प्रहरीद्वारा बलत्कार आरोपी पक्राउ

दमौली । जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँले ४० वर्षीय शिव न्यौपानेलाई पक्राउ गरेको छ ।

३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभा जिल्लाको चैनपुर नगरपालिका–२ महिम बस्ने न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

तनहुँको भानु नगरपालिका–२ बाह्रबिसेस्थित डुम्रे–वेशीसहर सडक खण्ड निर्माणको लागि लेवर क्याम्पमा बस्दै आएकी ती महिलालाई सोही लेवर क्याम्पका ठेकेदार न्यौपानेले जबरजस्ती करणी गरेको आरोप छ ।

ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Thursday, 2022 February 24, 4:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया