पल शाह होइन, अब गायिका–दुर्गेशहरू जेल जाने सम्भावना

काठमाडौं । एकजना गायिकाले नायक पूर्णबिक्रम शाह ‘पल शाह’लाई बलत्कार अभियोगमा मुद्धा दर्ता गराएपछि आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

गायिकाले बुधबार शाहविरुद्ध तनहुँ प्रहरीमा बलत्कारको उजुरी दिएकी थिइन् । शाहले आफूविरुद्ध भएको षड्यन्त्रको अडियो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । प्रमाणका रुपमा राखिएका अडियोहरू शाहको फेसबुक पेजमा गएर सुन्न पनि सकिन्छ ।

शाहले गायक दुर्गेश थापा, भिडियो निर्देशक सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाइँले ती गायिकासँग मिलेर बनाएको फसाउने योजनाको अडियो नै फेसबुकमा प्रमाणका रुपमा राखेका छन् । शाहले गायिका, थापासहितका समूहमाथि दिएको कुराहरू पुष्टि भयो भने जेलसम्म जान सक्ने सम्भाना रहन्छ ।

‘नमस्कार म पल शाह । म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु’, शाहले भनेका छन् ।

‘सायद अहिले सम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकाली सक्नुभएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरू सामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु’, शाहले भनेका छन् ।

‘केहि दिन अगाडि प्रसारित अडियो क्लिपमा गायिकाद्वारा ममाथि सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आरोप ममाथि लगाइएको छ ती सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले ममाथि प्रहार गरिएको छ’, उनले भनेका छन् ।

‘उक्त अडियो क्लिपमा भनिए अनुसार पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो, हाम्रो सम्बन्ध २ वर्ष अगाडिदेखि भएको अनि १ वर्षपछि मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो साथै घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो लगायत बिभिन्न सुन्नै नसकिने कुराहरू भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गइरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठीक र के बेठीक भएको छ तपाईंहरू भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरूले औंलाईदिनुहोल’, शाहले भनेका छन् ।

‘यदि म दोषी भए नेपालको कानून बमोजिम सजाय भोग्न तयार छु’, उनले भने, ‘जुन व्यक्तिहरूले ती गायिकालाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ती व्यक्तिहरूको नाम यस प्रकार रहेको छ ।’

पल शाहविरुद्ध यसरी भएको थियो फसाउने योजना । अडियो सुन्न तल क्लिक गर्नु होला ।

(समाचारमा युवतीको नाम र तस्बिर अन्यथा पर्न गएकोमा सुधार गरिएको छ)

Published : Thursday, 2022 February 24, 9:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया