सीआईबीद्वारा नुवाकोटका पाण्डेलाई काठमाडौंमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले नुवाकोट जिल्ला निवासी ४३ वर्षीय रामप्रसाद पाण्डेलाई पक्राउ गरेको छ ।

सीआईबीले बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी तारकेश्वर नगरपालिका–१० मनमैजुमा श्रृष्टि प्रफुल सप्लायर्स संचालन गरी बस्ने नुवाकोटको शिवपुरी गाउँपालिका–८ घर भएका पाण्डेलाई सोमबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत माघ २ गतेको फैसलाले ५ दिन कैद र २२ लाख रुपियाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले नेपालटार काठमाडौंबाट पक्राउ गरेको हो ।

पाण्डेले एनआइसी बैंक लिमिटेडमा रहेको उनको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी चेक दिएको र रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । पाण्डेलाई बैंकिङ् कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा बाईस लाख रूपियाँ जरिवाना र ५ दिन कैद हुने ठहर भएको थियो ।

Published : Tuesday, 2022 February 22, 11:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया