अर्काको गोप्य भिडियो बनाउने युट्युबे सेडाई पक्राउ

काठमाडौं । प्रहरीले शारीरिक तथा मानसिक हैरानी दिएर भिडियो बनाइ युट्युबमा अपलोड गर्ने धुन्धुकारी आकाश सेडाईलाई प्रहरीले पक्राउ गरेको छ ।

ख्यालठट्टाको नाममा सर्वसाधरण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक हैरानी दिएको अभियोगमा झापा जिल्लाको विर्तामोड नगरपालिका–४ आदर्शटोल ठेगाना भई हाल भक्तपुरको कौशलटार बस्ने २७ वर्षीय सेडाईलाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरू समेटेर तयार गरेको गोप्य भिडियो Nepali Pranksters नामक युट्युब च्यानलमा राख्ने कार्य गरेको खुल्न आएपछि सेडाईलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सेडाईविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जनाएको छ ।

Published : Wednesday, 2022 February 16, 4:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया