पाण्डेको निर्देशनमा ‘माया गर्न मन छ’ रिलिज, शिल्पाको बोल्ड सिन

काठमाडौं । चलचित्रका निर्देशक देवेन्द्र पाण्डेको निर्देशनमा ‘माया गर्न मन छ’ बोलको गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ ।

गायक प्रवीन बेडवालको स्वर रहेको गीतका संगीतकार अर्जुन पोखरेल हुन् । गीतमा संगीत संयोजन फणिन्द्र राईको रहेको छ । गीतकार चन्द्र प्रसाइँ हुन् ।

म्युजिक भिडियोमा पुष्प खड्का र शिल्पा पोखरेलको अभिनय रहेको छ । म्युजिक भिडियोमा शिल्पाले निकै बोल्ड सिनहरू दिएकी छिन् । उनले बेडसिनदेखि आफ्नो ब्रा र भित्री कपडाहरू समेत देखिने गरेर पारदर्शी कपडा समेत लगाएकी छिन् ।

भिडियोका छायाँकार हरि हुमागाइँ हुन् । विकाश दाहलको सम्पादन रहेको भिडियो राम्रो बनेको निर्देशक पाण्डेले बताएका छन् ।

Published : Sunday, 2022 February 13, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया