अर्जुन गिरी सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संगठन नेपाल सांस्कृतिक संघले अभिनेता अर्जुन गिरीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

संघका सभापति तीर्थबहादुर थापाले गिरीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिएका छन् । गौमुखी– ५ प्यूठान जिल्ला घर भएका गिरी नेपाली कांग्रेस प्यूठानको प्रदेश सभातर्फको कार्यसमितिका सदस्य पनि हुन् ।

केन्द्रीय सदस्यमा मनोनीत गिरी मोडल, नायक एवम् निर्माता समेत हुन् । उनले नेपाली चलचित्र, हिन्दी चलचित्र, म्युजिक भिडियो लगायतमा अभिनय गरेका छन् ।

गिरीले मुम्बईमा चलचित्रसम्बन्धी ज्ञान हासिल गरेका हुन् ।

Published : Friday, 2022 February 11, 5:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया