नाकलाई मात्र मास्क

सोल । दक्षिण कोरियाले नाक मात्रै छापिने अनौठो मास्क तयार गरेको छ ।

एटम्यान नामक कम्पनीले यस्तो अनौठो मास्क बनाएको हो । मास्कले नाक मात्र छोप्दछ ।

यो मास्क लगाएपछि मुख खुल्ला रहन्छ । त्यसैले यसलाई मास्क नभनी कोस्क नाम दिइएको छ ।

मास्कको नाम प्यकप राख्नुका कारण चाहीँ कोरियन भाषामा नाकलाई बुझाउने शब्दलाई प्य भनिन्छ भनेर अन्तिम दुई अक्षर मास्ककै हिज्जेबाट लिएर प्यकप बनाइएको छ ।

यो मास्क पूर्ण आकारमा पनि हुन्छ । फोल्ड गरेर केवल नाकमा मात्र पनि लगाउन सकिन्छ ।

यस्तो अनौठो डिजाइनका कारण खानपिन गर्ने बेलाका लागि यो मास्क उपयोगी देखिन्छ ।

नाकमुख छोपिँदा स्वास लिनै कठीन पर्ने मानिसहरूका लागि समेत उपयोगी हुन्छ ।

यो मास्कले ०.३ माइक्रोन कणहरूलाई समेत ८० प्रतिशतसम्म फिल्टर गर्ने दाबी गरिएको छ ।

Published : Monday, 2022 February 7, 8:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया