नेप्सेको सीईओमा पाल्पाका कार्की नियुक्त

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ ।

कार्कीलाई मन्त्रिपरिषदको बैंठकले नेप्सेको सीईओमा नियुक्त गरेको हो ।

सीईओ पदका लागि माग गरिएको आवदेनमा कार्कीसहित ११ जनाले आवेदन दिएका थिए । सरकारले पाल्पा घर भएका कार्कीलाई सीईओमा नियुक्त गरेको छ । उनी नेपाल सरकारका पूर्व उप–सचिव पनि हुन् ।

कार्कीसहित केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारीको नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो ।

तीन जनामध्येबाट मन्त्रिपरिषद बैठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो । नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउद विवादमा परेर पदबाट राजीनामा दिएका थिए ।

Published : Thursday, 2022 February 3, 7:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया