गायक विक्कीको ‘गाजाको सहारा’ रिलिज, श्रेष्ठको निर्देशन

काठमाडौं । गायक विक्की कार्कीको स्वर रहेको ‘गाजाको सहारा’ बोलको गीत सार्वजनिक भएको छ ।

युट्युबमार्फत रिलिज गरिएको गीतको शब्द र संगीत पनि गायक कार्कीको रहेका छन् ।

म्युजिक भिडियोलाई उत्तम श्रेष्ठ ‘शिशिर’ले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा सुनिल गुरुङ, समीक्षा पोखरेल र विराज सुवेदीको अभिनय रहेको छ ।

भिडियोका निर्माता नितेश श्रेष्ठ हुन् भने छायाँकार दीपक गिरी रहेका छन् ।

Published : Monday, 2022 January 24, 8:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया