स्पेनिस ला लिगामा एट्लेटिकोसँग भ्यालेन्सिया पराजित

लण्डन । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले भ्यालेन्सियालाई पराजित गरेको छ ।

एट्लेटिको मड्रिडले भ्यालेन्सियालाई ३–२ गोलअन्तरले पराजित गरेको छ ।

इन्ज्युरी समयको दुई मिनेटको अन्तरमा दुई गोल भएपछि एट्लेटिकोले जित हात पारेको हो ।

वान्डा मेट्रोपोलिटानोमा शनिबार राति सम्पन्न खेलमा एट्लेटिकोको जितमा म्याथिअस कुन्हा, एन्जल कोरेआ र मारियो हर्माेसोले गोल गरेका थिए ।

भ्योलन्सियाका युुनुस मुसाह र ह्युगो डुरोले गोल गरेका थिए । घरेलु टोली एट्लेटिको पहिलो हाफमा २–० ले पछि परेको थियो ।

Published : Sunday, 2022 January 23, 9:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया