पुरुष नेताहरू दुलाभित्र पसेका बेला महिला नेतृले मधेश हल्लाइन्, सीके राउतलाई तनाब

गौर । जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश प्रदेशका केही जिल्लाहरूमा उत्पात मच्चाएर आतंकित बनाएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले औकातमा बस्न चेतावनी दिएकी छिन् ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा)की नेता समेत रहेकी मन्त्री यादवले सीके राउतलाई आफूहरूसँग टकराए मारिने सक्नेसम्म धम्की दिएकी हुन् ।

राउतले मधेश प्रदेशमा अन्य राजनीतिक दलहरूको उपस्थितिलाई मन पराएका छैनन् । केही अराजक समर्थकलाई सडकमा उतारे आतंक मच्चाएका बेला मन्त्री यादवले सीके राउतलाई औकातमा बस्न सचेत गराएकी हुन् ।

बलिदानी दिवस मनाउन रौतहट जिल्लाको गौर पुगेकी मन्त्री यादवलाई सीके राउतका अराजक कार्यकर्ताले अवरोध गर्न खोजेका थिए ।

अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी मन्त्री यादवले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिएकी छिन् ।

२०६३ साल चैत ७ गते राइसमिलमा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीले छुट्टैछुट्टै कार्यक्रम राखेका थिए ।

त्यसक्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो ।

मन्त्री यादवले सम्बोधनका क्रममा पटक–पटक राइस मिल घटना नबिर्सन सीके राउतको ग्याङलाई सचेत गराइन् ।

‘राइस मिल अहिले पनि जीवित छ, गौरमा फणा देखाउने प्रयास नगर’, मन्त्री यादवले सचेत गराउँदै भनेकी छिन्, ‘लाठी भाँच्न यहाँका मानिसले जानेका छन् ।’

बलिदानी दिवसमा हिंसा नगर्ने उनले बताएकी छिन् ।

‘तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो’, मन्त्री यादवले भनेकी छिन्, ‘म डाक्टर साब (सीके राउत)लाई भन्छु, त्यो इतिहास नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस् ।’

उनले हिम्मत भए सिंहदरबार घेराउ गरेर देखाउन समेत सीके राउतलाई चुनौती दिएकी छन् ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग साँठगाँठमा रहेका सीके राउतले मधेश प्रदेशका केही जिल्लामा उपत्पात मच्चाउँदै आएका छन् ।

सीके राउतलाई चेतावनी दिन ठूलो नेता हुँ भनेर दाबी गर्नेहरू पनि डराएर दुलाभित्र पसेका बेला जसपाकी महिला नेतृ एवम् मन्त्री यादवले सीके राउतलाई औकात सिकाएकी छिन् ।

Published : Thursday, 2022 January 20, 1:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया