यी हुन् प्रधानसेनापति शर्मालाई कडा चुनौती दिने उप–रथी कार्की, हेडक्वाटरमा खैलाबैला

काठमाडौं । नेपाली सेनाका उप–रथी अनन्त कार्कीले रक्षा मन्त्रालयमा उजुरी दर्ता गराएका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माले वरिष्ठलाई छलेर कनिष्ठ उप–रथीको पदावधि थप्न सिफारिस गरेको आरोप लगाउँदै कार्कीले रक्षा मन्त्रालयमा उजुरी हालेका हुन् ।

कार्कीले उप–रथीको वरीयता क्रममा आफू एक नम्बरमा रहेको दाबी गरेका छन् ।

कार्की सेनामा कार्यरत सैनिक उच्च सैनिक अधिकृतको वरीयता क्रममा भने चौथो नम्बरमा पर्छन् ।

प्रधान सेनापति शर्माले कार्कीभन्दा कनिष्ठ दुई उप–रथीको पदावधि थप्नुपर्ने भन्दै पुस १६ गते रक्षा मन्त्रालयलाई पत्रचार गरेका छन् ।

सो सिफारिस गैरकानूनी र मनोमानी ढंगले गरिएको भन्दै कार्कीले रक्षा मन्त्रालयमा उजुरी हालेका हुन् ।

पदावधि थपको विषयलाई लिएर राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, समाध्यक्षलाई बोधार्थ गरी रक्षा मन्त्रालयमा गरिएको उजुरी निकै कममध्ये एक हो ।

सेनामा असन्तुष्ट पक्ष संगठनबाहिर गएर हारगुहार गर्नु राम्रो मानिँदैन ।

Published : Thursday, 2022 January 20, 11:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया