स्थानीय तहको निर्वाचनबारे बिहीबार निर्णय हुने, यादव–नेपाल बैठकमा अनुपस्थित

काठमाडौं । स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने विषयमा सत्ता गठबन्धनका दलका नेताहरू छलफल गरेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा परामर्श गरेका हुन् । यस विषयमा आन्तरिक गृहकार्यपछि निर्णय हुनेछ ।

सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमा गर्न आफूहरू तयार रहेको बताएका छन् ।

कार्कीले गृहकार्य गरेर बिहीबार बस्ने बैठकले स्थानीय तहको निर्वाचनका विषयमा निर्णय गर्ने जानकारी दिए ।

बैठकमा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल उपस्थित थिए ।

निर्वाचन आयोगले वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ ।

Published : Tuesday, 2022 January 18, 12:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया