छोरी र आफू धनी बन्न उत्पात गर्दा भीष्मराजलाई दशा लाग्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष भीष्मराज ढुंगानाको विषयमा शंकास्पद कारोबारहरू गरेको भेटिएका छन् ।

बोर्डको अध्यक्ष रहेका बेला ढुंगानाले अमेरिकामा रहेकी आफ्नी छोरीको नाममा सेयर खरिद गर्नुकासाथै विभिन्न हर्कत गरेपछि सरकारले हटाएर छानविन गरेको छ ।

ढुंगानाको हर्कतविरुद्ध छानविन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रे नेतृत्वको जाँचबुझ समिति गठन भएको छ ।

समितिले ढुंगानाको खातामा अस्वभाविक रकम जम्मा भएको फेला पारेको जनाएको छ ।

आईसीएफसी फाइनान्स लिमिटेडमा भएको खातामा ढुंगानाको अस्वभाविक कारोबार भेटिएको प्रतिवेदनमा उल्लेख रहेको उच्च स्रोतले जनाएको छ । उनको खातामा २५ लाख रुपियाँ बचत भएको भेटिएको छ ।

बोर्डको जग्गा खरिदमा समेत ढुंगानाले अनियमितता गरेको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।

ढुंगानाले छोरी रेविका ढुंगानाका नाममा शेयर किनिदिएको फेला परेपछि विवादमा परेका थिए ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत शेयर बेच्ने तयारी गरेको र धितोपत्र बोर्डबाट अनुमति पाएपछि भीष्मराजकी छोरी रेविकाले शेयर किनेकी थिइन् ।

साधारण सभाबाट निर्णय भई ७५० रुपियाँका दरले विक्री गर्न खोजिएको शेयर रेविकाले २५० रुपियाँका दरले १० हजार कित्ता भित्री रुपमा किनेको भेटिएपछि छानबिन सुरु भएको थियो ।

शेयरको मूल्य ७५० रुपियाँ हुने भनी निर्धारण गरेपछि शेयरधनीमध्येकी शिखा अग्रवालले रेविकालाई २५० रुपियाँका दरले शेयर बेचेकी थिइन् ।

कारोवारको नाफाबाट रेविकाले प्रतिशेयर ५ सय रुपियाँका दरले ५० लाख रुपियाँ तत्काल नाफा पाएकी थिइन् ।

मधुजा ढुंगाना र रोशन ढुंगानाका नाममा पनि थप ५÷५ हजार कित्ता शेयर किनेको भेटिएको छ ।

Published : Monday, 2022 January 17, 9:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया