दुई दर्जनभन्दा धेरै सांसद र कर्मचारीलाई कोरोना

काठमाडौं । ओमिक्रोनले तीब्र रुपमा गति पकडेका बेला प्रतिनिधि सभाका सांसदहरूलाई पनि कोरोनाभाइरसको संक्रमण भएको छ ।

दुई दर्जनभन्दा धेरै सांसदहरूलाई कोरोना संक्रमण भएको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैतर्फका गरी २५ जनाभन्दा धेरै सांसदलाई कोरोना संक्रमण भएको छ ।

संसद सचिवालयका ७ जना कर्मचारीलाई पनि कोरोना संक्रमण भएको छ ।

सांसद र संसद सचिवालयका कर्मचारीहरूलाई कोरोना संक्रमण देखिएपछि बैठकहरू स्थगित भएका छन् ।

माघ ३ गतेका लागि तय भएको राष्ट्रिय सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

माघ ३ गते नै बस्ने तय भएको प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ ।

Published : Sunday, 2022 January 16, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया