भगवतीज्यू गरिमा राख्न मुख सम्हाल्नुस्, ओलीले जस्तो भ्रष्टाचार देउवाले गरेका छैनन्

काठमाडौं । एमालेकी नेतृ एवम् राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देशको अर्थतन्त्र खराब हुनुमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई आरोप लगाएकी छिन् ।

न्यौपानेले फेसबुकमा स्टाटस लेखेर अहिलेको सरकार जति धेरै रह्यो त्यति धेरै जनताको बोझ हुने भनेर लेखेकी छिन् । ‘यो सरकार जति दिन टिक्छ त्यति नै जनताका लागि बोझ थपिन्छ’, उनले लेखेकी छिन्, ‘नेकपा (एमाले) आउ देश बचाउ भन्ने दिन आयो अब ।’

राष्ट्रिय सभाको सांसद भएर न्यौपानेले ६ महिना अगाडि बनेको सरकारका कारण अर्थतन्त्र बिग्रिएको भनेर आक्षेप लगाएकी छिन् । ६ महिनामा अर्थतन्त्र बिगर्नुमा एमालेको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारको ठूलो भूमिका छ ।

जनताले एमाले र माओवादी केन्द्रलाई झण्डै दुईतिहाइको बहुमत दिएका थिए । सरकार चलाउन नसकेर ३ वर्षमा तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले हात उठाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पाउमा सत्ता सम्पिएका हुन् ।

ओली र कम्युनिस्टको दुईतिहाइको सरकारले ध्वस्त पारेको अर्थतन्त्र र मुलुकलाई कांग्रेस नेतृत्वको गठबन्धनको सरकारले सम्हालेर सुधारको प्रयास गरेको छ ।

अहिले पनि एमालेले प्रतिनिधि सभा अबरोध गरेर चल्न दिएको छैन । एमसीसी जस्ता अनुदानको पैसा ल्याउन असहयोग गरिरहेको छ ।

ओली सरकारले विदेशी सहायता ल्याउन सकेको थिएन । विदेशीले पत्याएका थिएनन् । कांग्रेस नेतृत्वको सरकारलाई विदेश सहायता आउन थालेको छ । तर, एमालेले अबरोध गरिरहेको छ ।

ओलीको दुईतिहाइको सरकारले मुलुकको अर्थतन्त्र तहन नहस बनाएर भागेपछि देउवाले सरकारको नेतृत्व सम्हालेर चलाएका छन् । देउवाले अर्थतन्त्र सुधारको प्रयासहरू गरिरहेका छन् ।

देउवाले ओलीले जस्तो सरकारी पैसा सिध्याएर बिलासी जीवन विताएका छैनन् । देउवाले स्वास्थ्य उपचारका नाममा ओलीले जस्तो करोडौँ रुपियाँ सिध्याएका छैनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिलासी जीवनका लागि हेलिकप्टर खरिददेखि महँगा गलैचाहरू किनिदिएका छैनन् । देउवाले ओलीले जस्तो दरबार संग्राहलय बेचेका होइनन् ।

चिया बगानको जमीन बिक्री, ओम्नी काण्ड, यती काण्डहरू देउवाले गरेका छैनन् । देउवाले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले बिगारेको मुलुकलाई सुधार गरिरहेका बेला राष्ट्रिय सभाको सांसदले बिगतको तथ्याङ्कलाई बिचार नै नगरी टिप्पणी गर्नु मर्यादाले सुहाउँदैन ।

एमाले नेतृ न्यौपाने तनहुँ जिल्लाकी हुन् । ओलीको चाकडी गर्न गीत बनाएर राष्ट्रिय सभाको सांसद पाएकी हुन् । चकडीको राजनीति गर्दै आएकी नेतृ न्यौपानेले अध्ययन गरेर टिकाटिप्पणी गर्दा देश र जनताको हित हुन्छ ।

के कारणले मुलुकको अर्थतन्त्र बिग्रियो ? तपाईलाई थाहा हुँदाहुँदै कुरा अर्कोतिर नमोडेकै राम्रो । कम्युनिस्टको असफलताले देशको ढुकुटी समाप्त भएको छ ।

Published : Friday, 2022 January 14, 2:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया