सुनसरीमा हतियारसहित अन्सारीको ग्याङ पक्राउ

इटहरी । सुनसरी जिल्लामा प्रहरीले २३ वर्षीय फरियाद मियाँ अन्सारीसहित ३ जनालाई पक्राउ गरेको छ ।

ईनरुवा नगरपालिका–३ महेन्द्र चोकबाट १ थान पेस्तोल, १ थान म्याग्जिन र ३ राउण्ड गोलीसहित ३ जनालाई बिहीबार पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ का फरियाद मियाँ अन्सारी लगायत ३ जना छन् ।

चोकमा हातहतियार बोकी मानिस हिँडिरहेका छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको छ ।

Published : Friday, 2022 January 14, 12:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया