बतास काण्ड गर्ने ओली–भट्टराई–कर्मचारीलाई पाताकस्न माग, अन्याय भएपछि क्षतिपूर्ति दिनुपर्ने

काठमाडौं । दरबार संग्राहलयभित्र रेस्टरेन्ट चलाउन दिने तत्कालीन झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारको निर्णयविरुद्ध विवाद भइरहेका बेला आनन्द बतासको पक्ष र विपक्षमा मिश्रित प्रतिक्रिया आएका छन् ।

बतास समूहलाई संग्राहलयको जमीन भाडामा लगाउन दिने तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली, संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपाल ट्रष्टको कर्मचारीहरूलाई कारबाही गर्न माग उठेको छ ।

व्यवसायी आनन्द बतास समूहको भन्दा पनि ओली, भट्टराई र कर्मचारीलाई कारबाही गर्न माग छ ।

बतास समूह भनेको व्यापारिक घराना हो । व्यापारीले लगानी गर्नु भनेको मुनाफाका लागि रहेको हुन्छ ।

बतास समूहले पनि गैरकानूनी रुपमा संग्राहलयमा काम नगरेको जनाएको छ ।

बतास समूहको बदनाम गरेर करोडौंको लगानी डुबाउने हर्कत गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसँग डुबेको रकम उठाउनुपर्ने माग छ । आलेले गरेको हर्कतविरुद्ध जनमत सिर्जना भइरहेको छ ।

बतास समूह आफूलाई अन्याय भयो भनेर न्यायालय गयो भने सरकार पराजित हुनेछ । बतास समूहलाई क्षतिपूर्ति दिनुपर्नेछ ।

Published : Wednesday, 2022 January 12, 11:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया