कांग्रेसको महाधिवेशनमा मेरो अनुभव

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा म आफू सक्रिय रहेको सबै तहको मेरो आफ्नो अनुभव र अनुभूतिको यथार्थ संश्लेषण गर्दा नागार्जुनको स्विजरल्याण्डपार्कदेखि काठमाडौंको भृकुटीमण्डपसम्म मैले जे भोगे, देखे, जे ब्यहोरें अनि सामना गरे । त्यो मेरो लागि राजनीति शास्त्रमा विश्व विद्यालय अध्ययनभन्दा कम रहेन ।

यो सबै घटनाक्रम परिवेश र आयामहरूलाई मैले अत्यन्तै गहनताका साथ हृदयंगम गरेको छु । यसले मलाई नेपाली कांग्रेसको संगठनमा अगाडि बढ्न सहजता मिल्नुका साथै ठूलो योगदान पु¥याउने समेतको महशुस गरेको छु ।

म राजनीतिमा प्रष्ट वक्ता र सधैं सकारात्मक एवम् रचनात्मक स्वाभावको ब्यक्ति हुनुको कारण नेपाली कांग्रेसको १४औँ महाधिवेशन मेरो लागि एउटा खुल्ला विश्वविद्यालय भएको छ । यसबाट मैले धेरैले ठूलो रणनीतिक र ब्याबहारिक शिक्षा, ज्ञान र सीप हासिल गर्ने मौका पाए ।

मैले सोँचेको कांग्रेस, मैले देखेको कांग्रेस, मैले भोगेको कांग्रेस र भोलिका दिनमा मैले समेटेर अगाडि बढ्नुपर्ने कांग्रेस संगठनका बारेमा म अत्यन्तै जानकार र साकार हुने सुबर्ण अबसर मैले प्राप्त गरेको छु । मलाई नयाँ जोश, जांगर र उर्जा मिलेको छ ।

नेपाली कांग्रेसलाई हरेक मोर्चामा सफल पार्दै अगाडि लैजानु अब मेरो पनि दाइत्व र जिम्मेवारी हुनेछ । समय, परिस्थिति, भाग्य अनि भगवानले साथ दिए अझै डेढ दशक म नेपाली कांग्रेसको संगठन र राजनीतिमा सशक्त र प्रभावकारी रुपमा सक्रिय रहने प्रण गर्दछु ।

यस क्रममा सबैतहका अधिबेशनहरूमा मेरो सहकार्यलाई साथ, सहयोग र समर्थन गर्नुहुने अधिबेशन प्रतिनिधिज्यूहरूलाई हार्दिक आभार प्रकट गर्दछु । मेरो बिमतीमा उभिएर मलाई आफ्नो परिचय, सन्देश र शिक्षा दिनुहुने सबै मित्रहरूमा समेत जय नेपालको न्यानो अभिबादनसहित धन्यवाद ज्ञापन गर्दछु ।

अब भोलिको तीनतहको निर्वाचनमा अभुतपूर्व एकताका साथ चुनावी मोर्चामा सक्रिय रहन सबै नेपाली कांग्रेसका क्रियाशील सदस्य साथीहरूमा हार्दिक आह्वान गर्दछु ।

कांग्रेसी हामी रहौँला कहाँ, कांग्रेस नै नरहे । समृद्धि अब आउला र कहाँ रुखमा भोट नहाले ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणमा नेतृत्वदायी भूमिका निभाएको र सुशील कोइरालाको अभिभावकत्वमा ३ असोज २०७२ मा राष्ट्रपति डा.रामबरण यादवद्वारा संविधान घोषणा गर्ने पार्टी हो, नेपाली कांग्रेस ।

आज पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको सालिनता, उदारता र सबैलाई समेटेर अगाडि बढ्न सक्ने लचिलो दृष्टीकोण तथा क्षमताका कारण ९ लाख क्रियाशील सदस्यहरूको आफ्नो पार्टी भएको छ, नेपाली कांग्रेस ।

पूर्ण समावेशी, समानुपातिक ढंगले लोकतान्त्रिक विधि र प्रक्रिया अबलम्बन गर्दै नेपाली कांग्रेस आफ्नो १४औं सप्पन्न गरि सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ र युवापुस्ता समेटिएको केन्द्रीय कार्यसमिति निर्माण गरेको पार्टी हो, नेपाली कांग्रेस ।

नेपालमा राष्ट्रियताको संरक्षण र संवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद स्थापना गर्ने सिङ्गो आन्दोलनको अर्को नाम नेपाली कांग्रेस हो ।

वर्तमान सन्दर्भमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप संघीय गणतन्त्रात्म राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनैतिक तथा आर्थिक विकाश गर्ने उद्देश्य बोकेको, नेपाली जनताको अगाद श्रद्धा र सम्मान पाएको यो नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो ।

जननायक वीपी कोइरालाले २ अक्टुवर १९४६ मा पटनाबाट प्रकाशित हुने द र्सच लाईट पत्रिकामार्फत भारतमा रहेका नेपालीहरूलाई संगठित गर्ने उद्देश्यले नेपालीहरूको संगठन निर्माणका निम्ति गरेको आहृवानबाट नेपाली कांग्रेसको जन्मको प्रारम्भ भएको हो ।

भारतीय स्वतन्त्रता संग्राम समेतका योद्धा वीपी कोइरालाको सक्रियतामा कार्तिक १५, २००३ (३१ अक्टुवर, १९४६) मा बनारसमा बस्ने नेपालीहरूलाई संगठित गरी देवीप्रसाद सापकोटाको सभापतित्वमा नेपाली राष्ट्रिय कांग्रेस नामक संस्थाको बनारसमा स्थापना भयो ।

(लेखक कांग्रेसका पूर्व केन्द्रीय सदस्य हुन्)

Published : Thursday, 2022 January 6, 12:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया