सरकारी विमानबाट यात्रा गरे प्राधिकरणले छुट पाउने

काठमाडौं । नेपाल वायुसेवा निगम र नेपाल विद्युत् प्राधिकरणबीच सहकार्य गर्ने समझदारीपत्र हस्ताक्षर भएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्राधिकरणका कर्मचारी र कर्मचारीका परिवारले निगमको जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दा टिकटमा १५ प्रतिशत छुट पाउनेछन् ।

कर्मचारीले छुट पाउन प्राधिकरणको सिफारिस पत्रका साथै परिचयपत्र अनिवार्य रुपमा पेस गर्नुपर्नेछ ।

निगमको बिक्री कार्यालयबाट टिकट खरिद गर्नेले मात्र छुट सुविधा पाउनेछन् ।

प्राधिकरणले निगमको उडान गन्तव्य रहेका ठाउँबाट कार्गो ढुवानी गर्दा परिमाणका आधारमा ५/१० प्रतिशत छुट पाउनेछ ।

प्राधिकरणले आफ्ना कर्मचारीलाई सम्भव भएसम्म अन्तर्राष्ट्रिय यात्रा गर्दा निगमको जहाजमार्फत गर्न परिपत्र गर्ने व्यवस्था गरिएको छ ।

Published : Monday, 2022 January 3, 5:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया