स्व.खुमबहादुरको स्मृतिमा दाङमा टेबल टेनिसको राष्ट्रिय प्रतियोगिता

तुलसीपुर । नेपाली कांग्रेसका नेता स्व.खुमबहादुर खड्काको स्मृतिमा राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगिताको आयोजना गरिएको छ ।

दाङको तुलसीपुरमा शुक्रबार प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री सुरेन्द्र हमाल गरेका छन् ।

प्रतियोगितामा देशभरिका २८ टिमको सहभागिता रहेको छ ।

मन्त्री हमालले खेलकुदको विकास र प्रवर्द्धनमा स्व.खुमबहादुर खड्काको महत्वपूर्ण भूमिका रहेको स्मरण गरेका छन् ।

टेबल टेनिसका केन्द्रीय उपाध्यक्ष विजेन्द्र हमालले खेलकुदमा राज्यको लगानी पर्याप्त नभएको बताएका छन् । उनले कारोनाले खेल गतिविधि कम हुँदै गएको अवस्थामा अहिलेको प्रतियोगिताले खेलाडीमा उत्साह थप्ने बताए ।

कांगे्रसका नेता शम्भु शाह, महादेव शाह, छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसी, नेपाल तरूण दल दाङका अध्यक्ष टीका घर्तीले टेबलटेनि प्रतियोगिताले खेलाडीलाई उत्साह थपेको भन्दै स्व.खड्काको योगदानलाई स्मरण गरेका छन् ।

प्रतियोगिता युथ अफ तुलसीपुरले गरेको अध्यक्ष बसन्त गिरीले बताएका छन् । गिरीले स्व.खुमबहादुर खड्काको स्मरणमा प्रतियोगिता गरिएको बताए ।

प्रतियोगितामा २५ जिल्ला र ३ विभागीय टिमको सहभागिता रहनेछ ।

पुरस्कारको राशी ३ लाख ८० हजार रहेको छ । प्रतियोगितामा पुरुष टीम र महिला टिमले ३० हजारका दरले प्रथम पुरस्कार पाउनेछन् ।

द्वितीय पुरस्कार १५ हजार, तृतीय पुरस्कार ५ हजार र सान्त्वना पुरस्कार ५ हजार हुनेछ ।

पुरुष र महिला सिंगलतर्फ नगद ४० हजार, द्वितीयमा २० हजार, तृतीय र सान्त्वनामा ५ हजार पुरस्कार रहेको छ ।

पुरुष र महिलाको जुनियरतर्फ प्रथम पुरस्कार ३० हजार, द्वितीयमा १५ हजार र तृतीय तथा सान्त्वनामा ५ हजार पुरस्कारको राशी रहेको छ । प्रतियोगिता पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।

Published : Friday, 2021 December 31, 3:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया