बैंकको १६ करोड हिनामिना, चार जना पक्राउ

विराटनगर । मोरङ जिल्लामा झण्डै १६ करोड रकम हिनामिना गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–७ स्थित सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको रकम हिनामिना भएको बैंकिङ कसुर मुद्दामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–१ बस्ने ३६ वर्षीय अमित थापा मगर, ४८ वर्षीय देवीप्रसाद भण्डारी, २९ वर्षीय हिमाल भट्टराई र सोही महानगरपालिका–६ बस्ने ४७ वर्षीय नवीन सुवेदी रहेका छन् ।

बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपियाँ रकम हिनामिना भएको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Published : Thursday, 2021 December 30, 5:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया