काठमाडौंमा तास खेल्ने समूह पक्राउ

काठमाडौं । काठमाडौंमा तास खेल्ने समूहका जनालाई नगदसहित पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३२ नरेफाटस्थित अमर लिम्बुको कोठामा तास खेलिरहेको अवस्थामा ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४३ हजार ९ सय ७५ रुपियाँ र १२ बुक ताससहित पक्राउ गरेको छ ।

Published : Wednesday, 2021 December 29, 1:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया