किशोरीलाई मदिरा खुवाएर लाक्पाले गर्न नहुने काम गरे

काठमाडौं । काठमाडौंमा १४ वर्षीय किशोरीलाई जबरजस्ती यौनसम्पर्क गरेको अभियोगमा २१ वर्षीय लाक्पा ग्यावा पक्राउ परेका छन् ।

बुढानिलकण्ठ नगरपालिका–२ चपलीमा डेरा गरी बस्ने रसुवा पाटीखर्क घर भएका लाक्पाले किशोरीलाई जबरजस्ती यौनसम्पर्क गरेको आरोपमा आइतबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ती किशोरीलाई डेरातर्फ जाँदै गरेको अवस्थामा शनिबार राति लाक्पाले घरेलु मदिरा सेवन गराई आफ्नै डेरामा लगि जबरजस्ती करणी गरेको आरोप छ ।

लाक्पालाई सोही नगरपालिका–४ पासिकोटबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।

Published : Monday, 2021 December 27, 1:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया