तेक्वान्दो संघद्वारा समिति र उप–समितिहरू गठन

काठमाडौं । नेपाल तेक्वान्दो संघले तेक्वान्दो खेलको विकासका लागि विभिन्न समिति र उप–समितिहरू बनाएको छ ।

संघमा नयाँ कार्यसमिति आउनेवित्तिकै खेल र खेलाडीका लागि कार्यक्रम आएका छन् । संघले ‘सिनियर राष्ट्रिय टिम तयारी उप–समिति गठन गरेको छ । केन्द्रीय सदस्य राम गिरीको संयोजकत्वमा उप–समिति गठन गरिएको संघले जनाएको छ ।

जुनियर राष्ट्रिय टिम तयारी उप–समितिको संयोजकको जिम्मेवारी कुमार लामा घिसिङले पाएका छन् । उप–समितिमा टीकादत्त दाहाल र विकेश बिडारी सदस्य छन् ।

राष्ट्रिय पुम्से टिम तयारी उप–समितिको संयोजकको जिम्मेवारी सुनिल राजकर्णिकारले पाएका छन् ।

राष्ट्रिय पारा टिम तयारी उप–समितिको संयोजकको जिम्मेवारी कासिममियाँ धोबीले पाएका छन् ।

संघका उपाध्यक्ष भानबहादुर चन्दको संयोजकत्वमा प्रतियोगिता व्यवस्थापन समिति गठन गरिएको छ ।

ग्योरोगी प्रतियोगिता व्यवस्थापन उप–समितिको संयोजकको जिम्मेवारी द्वारिका खयरगोलीलाई दिइएको छ ।

सन्तोष बुढाथोकीको संयोजकत्वमा पुम्से प्रतियोगिता व्यवस्थापन समिति गठन गरिएको छ ।

राष्ट्रिय डेमोस्ट्रेसन उपसमितिको संयोजक भने छनोट हुन बाँकी छ ।

खेलाडी छनोट उप–समितिको संयोजकको जिम्मेवारी मनीष जोशीले पाएका छन् ।

भौतिक पूर्वाधार विकास व्यवस्थापन समितिको संयोजक संघका उपाध्यक्ष सञ्जीव रेग्मी छन् ।

प्राविधिक प्रशिक्षण व्यवस्था समितिको संयोजकको जिम्मेवारी उपाध्यक्ष नन्दकुमार राईले पाएका छन् ।

संगठन विकास तथा महिला सशक्तीकरण समितिको अध्यक्ष दिलबहादुर वली छन् ।

ग्योरोगीको निर्णायक समितिको संयोजक कोशिश खड्का छन् । पुम्से निर्णायक उप–समितिको संयोजकको जिम्मेवारी बब्लु सिवाकोटीले पाएका छन् ।

Published : Saturday, 2021 December 18, 3:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया