गायक राजेशपायल राईले राँगाको सिङ्गै खुट्टा भ्याए

काठमाडौं । गायक राजेशपायल राई राँगाको सिङ्गै खुट्टा खाएर चर्चामा आएका छन् ।

गृहजिल्ला खोटाङमा केही दिन अगाडि राईले पकाएको राँगाको खुट्टा खाएर चर्चामा आएका हुन् । खुट्टा खानेबेला झोल चुहिएको पनि देखिएको छ । उनले खुट्टा खाएको भिडियो युट्युबमा राखिएको छ ।

खुट्टा खाने क्रममा झोल चुहिएपछि गायक राईले टिकटक नबनाउनु है भनेर अनुरोध गरेका छन् । गायक राईले रमाइलो मानेर खाएका छन् ।

उनले विवाहमा पकाउँदै गरेको सुगुर र रागाको मासुलाई डाडुले चलाएका छन् । भातलाई पन्युले चालाएका छन् ।

Published : Friday, 2021 December 17, 10:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया