चलचित्र निर्देशक रिनाशा कांग्रेसको अधिवेशनमा पराजित

इलाम । नेपाली कांग्रेस इलामको क्षेत्र नं. २ को अधिवेशनमा चलचित्र निर्देशक एवम् कोरियोग्राफर समेत रहेकी युवा नेतृ रिनाशा वान्तवा महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन् ।

मंगलबार भएको अधिवेशनमा वान्तवा क्षेत्र नं. २ को अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन् । वान्तवाले आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गराएकी थिइन् ।

तीन जना महाधिवेशन प्रतिनिधि चयन हुने आदिवासी जनजाति महिला कोटामा पाँच जनाको उम्मेदवारी परेको थियो ।

युवा नेतृ रिनाशाले पाँचौँ स्थानमा मत पाएकी थिइन् ।

आदिवासी जनजाति महिला कोटाबाट चन्द्रमाया लिम्बू, बबिता लिङ्म र जुनुकुमारी माखिम केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

महाधिवेशन प्रतिनिधिको निर्वाचनमा सरिता श्रेष्ठ चौथो र रिनाशा वान्तवा पाँचौँ भएका छन् ।

इलामको चुलाचुली स्थायी घर भएकी रिनाशा केही समयअघि मात्रै इलाम आएकी थिइन् ।

रिनाशा ‘इन्टुमिन्टु लन्डनमा’ चलचित्रकी निर्देशक हुन् । उनले एक सयभन्दा धेरै गीतमा कोरियाग्राफर गरेकी छिन् ।

रिनाशा १५ वर्षदेखि निरन्तर कलाकारिता क्षेत्रमा क्रियाशील छिन् । कांग्रेको राजनीतिमा पनि उनी सक्रिय छिन् ।

Published : Wednesday, 2021 November 24, 11:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया