‘तिमी आएर नजाउ’मा विश्वराम र सपनाको स्वर

काठमाडौं । गायक विश्वराम कार्की र गायिका सपना श्रेष्ठको स्वर रहेको ‘तिमी आएर नजाउ’ बोलको गीत रिलिज भएको छ ।

गीतमा भीम बिसीको शब्द र संगीत रहेको छ । टिनेजरको मायाप्रेमका कुराहरू राखिएको ‘तिमी आएर नजाउ’लाई म्युजिक भिडियोमा राम्रो कथाबस्तुमा उतारिएको छ ।

गायक कार्कीले ‘तिमी आएर नजाउ’का शब्द र संगीतको राम्रो संयोजन भएको बताएका छन् ।

‘हाम्रो टिमले सोँचे जस्तो गीत बनाएका छौँ । म्युजिक भिडियोको कथावस्तु र निर्माण पक्ष सोँचेअनुसारको छ’, गायक कार्कीले भने, ‘अहिलेसम्म राम्रो र सकारात्मक सुझाव पाएका छौँ ।’
गायक कार्कीले गीतको मेलोडीमा संगीतकारले राम्रो मेहनत गरेको बताएका छन् ।

म्युजिक भिडियोको निर्देशन प्रमोदकुमार भण्डारीको रहेको छ । प्रिन्स विश्वकर्मा र शिक्षा संग्रौलाको अभिनय रहेको म्युजिक भिडियोलाई दिनसन शाहले सम्पादन गरेका छन् । गीतका प्रोड्युसर दीपक पोखरेल बिक हुन् ।

Published : Thursday, 2021 November 18, 8:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया