यी हिरोकी पत्नीले तिघ्र देखाएपछि बबाल

मुम्बई । बलिउड नायक शाहिद कपूरकी श्रीमती मीरा राजपूत मालदिभ्स भ्रमणमा छिन् ।

उनका ग्ल्यामरस तस्बिरलाई प्रशंसकले अत्यधिक तारिफ गरिरहेका छन् । अब उनी मुम्बई फिर्ता भइसकेकी छिन् ।

उनको एयरपोर्ट लुक्सले मानिसहरूको ध्यान आकर्षित गरेको छ । शट्समा मीरा राजपूतलाई देखेर मानिसहरूले उनलाई ट्रोल गरिरहेका छन् ।

शुक्रबार मीरा आफ्नो परिवारसँग विमानस्थलमा देखिइन् । एयरपोर्टमा मीरा र शाहिद दुबैले कालो रङको पहिरन लगाएका थिए ।

शाहिदले कालो स्वेटशर्ट र पाइन्ट लगाएका थिए । मीराले कालो ज्याकेटसँग शट्स लगाएकी थिइन् ।​ शट्स लगाएका कारण मानिसहरूले मीरा राजपूतलाई ट्रोल गरिरहेका छन् ।

विमानस्थलबाट मीरा र शाहिदको एउटा भिडियो भाइरल भइरहेको छ । जसमा प्रयोगकर्ताले अत्यधिक कमेन्ट गरिरहेका छन् ।

Published : Sunday, 2021 October 24, 11:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया